दुई किलो चरेश र एक लाखभन्दा नगदसहित एक जना पक्राउ


eShilalekh

११ असार २०८२, बुधबार १९:३०

सिमराः प्रहरीले झण्डै दुई किलो लागूऔषध चरेश र एक लाख २३ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ घर भई बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ सिदरीया टोलमा बस्ने ५६ वर्षीय बच्चुकुमार बुढाथोकी रहेका छन् ।

प्रहरीले जीतपुरसिमरा १ स्थित पथलैयाबाट बुढाथोकीलाई नियन्त्रणमा लिएको हो । नारायणगढबाट वीरगन्जतर्फ आउँदै गरेको ना५ख ८१०१ नम्बरको यात्रुबाहक बस पथलैयामा जाँच गर्ने क्रममा बुढाथोकीलाई चरेश र नगदसहित नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

प्रहरी चौकी पथलैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक बब्बी बोम्जनको टोलीले बसमा यात्रा गरिरहेका बुढाथोकीको साथमा रहेको झोलाबाट एक किलो ९३३ ग्राम चरेश, ६० हजार पाँच सय नेपाली र ३९ हजार भारतीय रुपैयाँ बरामद गरेको हो । बुढाथोकीलाई लागूऔषध मुद्धामा कारवाही थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्