एसइईको पूरक परीक्षा आगामी साउन २९ देखि हुने

सिमराः माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आगामी साउन २९ देखि हुने भएको छ ।
शुक्रवार प्रकाशित नतिजामा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् । परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेश पत्रबाट परीक्षा दिन पाउने छन् । परीक्षा साउन २९ गते देखि भदौ ६ गतेसम्म हुने छ ।
प्रकाशित नतिजामा पुनर्योगकालागी विद्यार्थीले असार २३ गते बेलुकी पाँच बजेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।
