हत्या अभियोगमा फरार व्यक्ति तीन वर्षपछि पक्राउ

रौतहटः रौतहट प्रहरीले हत्या अभियोगमा तीन वर्षदेखि फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा टोलका फैयाद मियाँ मन्सुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०७८ साल माघ २६ गते बिहान रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला परेकी चाँदनी खातुनको हत्या अभियोगमा उनका श्रीमान् मन्सुरीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार चाँदनीको शव घाँटीमा सलले बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
घटनापछि फरार रहेका मन्सुरीलाई असार १३ गते पक्राउ गरी रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।