कलैयामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ


eShilalekh

१८ असार २०८२, बुधबार १८:१३

सिमराः बारा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वाका ३५ वर्षीय बच्चा मियाँ रहेका छन् ।

मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई घरेलु विवादको क्रममा कुटपिट गरी मासु काट्ने धारिलो हतियार (दाब) प्रयोग गर्दै टाउको र गर्दनमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग गरिएको हतियार समेत बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्