रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहटः रौतहटमा बिहिबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनार रहेका छन् ।
खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर सोनार गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बाराको प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।
उपचारका क्रममा सोनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जनाएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।