वीरगन्जमा १८ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद


eShilalekh

२० असार २०८२, शुक्रबार १४:५८

सिमराः सशस्त्र प्रहरी बलले वीरगन्ज क्षेत्रमा तस्करीका १८ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्ज १६ स्थित छपकैया र नदिया टोलमा छापा मारेर तस्करीका कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा पर्सा गणका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार बरामद गरिएका कपडाको कुल मूल्य १८ लाख ५५ हजार ३५० रुपैयाँ रहेको छ । ती कपडाहरू चोरी पैठारीमार्फत ल्याइएको आशंका गरिएको छ ।

बरामद भएका सामग्री वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्