सवारी चालक अनुमति पत्र प्रणालीसँग सम्बन्धित सेवाहरू बन्द

सिमराः सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सेवाहरू शुक्रबारदेखि बन्द भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ ।
अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सेवाहरु (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) बन्द भएको व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।