बारागढी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा


eShilalekh

२२ असार २०८२, आईतवार १३:४०

सिमराः बाराको बारागढी गाउँपालिका शनिबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ भएको पालिका घोषणा गरिएको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित विशेष समारोहबीच गाउँपालिका स्वास्थ्य शाखा, खोप शाखाको आयोजनामा गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको हो ।

समारोह गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालको अध्यक्षता र उपाध्यक्ष लक्ष्मी देवी रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष जयसवालले ब्यानर पढेर औपचारिक उद्घाटन गरेपछि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता प्राप्त पालिकाको रूपमा घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी, वडा नं २ का वडाध्यक्ष जोगिन्द्र साह कलवार, वडा नं ३ का वडाध्यक्ष उमेश प्रसाद साह, वडा नं ६ का वडाध्यक्ष मैनेजर चौधरी, जनस्वास्थ्य निरीक्षक विनोद प्रसाद चौधरी, स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश चौधरी, गाउँपालिकाभित्रका सबै वडाहरूका स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि तथा संचारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत चौधरीले राखेका थिए भने योजना तथा अनुगमन शाखाका प्रमुख रञ्जित कुमार साहले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्