विपक्षी दलहरूको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक पुनः स्थगित


eShilalekh

२२ असार २०८२, आईतवार १६:५०

सिमराः विपक्षी दलहरूको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।

आइतबार बसेको बैठकमा विपक्षी दलहरूले सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेट असमावेशी र बिचौलियाको प्रभावमा परेको भन्दै तीव्र विरोध जनाएका थिए ।

सभामुख रामचन्द्र मण्डलले अवरोधका बीच बैठक आधा घण्टाका लागि स्थगित गरे पनि अवरोध यथावत् रहेपछि सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

जसपा नेपालसहित नेकपा एस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्