बारा जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा

सिमराः बारा जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ भएको जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा बारा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले स्थानीय सरकारले समेत खोपका लागि बजेट र कार्यक्रम छुट्याउन सक्ने बताएका छन् । खोपको उपलब्धता, गुणस्तर र दिगोपनाका लागि स्वास्थ्यकर्मीहरू निरन्तर जिम्मेवारीका साथ लाग्नुपर्ने उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवले सबै उमेर समूहका लागि आवश्यक नियमित खोप सुनिश्चित गर्नुका साथै पूर्वाधार, जनशक्ति र व्यवस्थापन प्रणाली तयार पारिएको जानकारी दिए ।

स्वास्थ्य सेवा विस्तारमा योगदान गर्ने स्वास्थ्य संस्थाहरू, कर्मचारी तथा स्वयंसेवकहरूको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, राष्ट्रिय अनुसन्धान बाराका प्रमुख सरोज निरौला, जिल्ला स्थित सम्पुर्ण पालिकाका स्वास्थ शाखा प्रमुख, स्वास्थ्यकर्मीलगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।