प्रतिवन्धित लागूऔषधसहित कलैयाबाट एक युवक पक्राउ


eShilalekh

२४ असार २०८२, मंगलवार १२:०९

सिमराः बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ७ का २० वर्षीय सेराज अंसारी रहेका छन् ।

कलैया उपमहानगरपालिका ५ भरत चोकस्थित मटिअर्वा जाने बाटोको छेउबाट प्रहरीले चार हजार पाँच सय थान लागूऔषध एम्पुलसहित अंसारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमाण्डमा खटिएको टोलीले अंसारीलाई नियन्त्रणमा लिएको थियो।

उनको साथमा रहेको आँपको क्यारेट जाँच गर्दा एम्पुल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नोफिन एक हजार पाँच सय थान, फेनारगन एक हजार पाँच सय थान र डाईजोपाम एक हजार पाँच सय थान लागूऔषध बरामद भएको छ ।

अंसारीमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्