मधेश प्रदेश सभा स्थगित, विपक्षीको अवरोध कायमै

सिमराः विपक्षी दलहरूको अवरोधका कारण मधेश प्रदेश सभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ ।
विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको अवरोधपछि बैठक स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।
बजेटमा रहेको असन्तुष्टिका कारण विपक्षी दलहरू बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन् ।