स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु


eShilalekh

२६ असार २०८२, बिहीबार १४:१७

सिमराः वीरगन्जको आदर्शनगरस्थित लर्डस दियालो होटलको स्वीमिङ पुलमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ११ का प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार बजरंगी नेपाल स्विमिङ एसोसिएसन पर्साले आयोजना गरेको १० दिने स्विमिङ प्रशिक्षणमा सहभागी थिए ।

प्रशिक्षणका क्रममा अचेत भएपछि उनलाई तत्काल नारायणी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्