गुरुपूर्णिमाको अवसरमा खेल सामग्री वितरण

सिमराः गुरुपूर्णिमाको अवसरमा नयाँ गोरेटो पुनःस्थापना केन्द्रले पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेको छ । स्वर्गीय विजय श्रेष्ठको स्मृतिमा केन्द्रले विद्यार्थीका लागि खेल सामग्री वितरण गरेको हो ।
केन्द्रका अध्यक्ष राजकुमार लामाले उक्त सामग्री विद्यालयका प्रध्यानाध्यापकसहितका शिक्षकलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा मदन कंसकार, दीपेन्द्र दुलाल, बबिन सुब्बा, निश्चल थापालगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै स्वस्थ शारीरिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षासहित सामग्री वितरण गरिएको लामाले बताए । नयाँ गोरेटो पुनःस्थापना केन्द्रले नियमित रूपमा सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आइरहेको छ ।