धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु


eShilalekh

२९ असार २०८२, आईतवार १२:०१

सिमराः धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ रमौलस्थित सडक खण्डमा शनिबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका ४ मधुकरीका २५ वर्षीय उदय राउत रहेका छन् ।

प्रहरीका अनुसार मधेश प्रदेश ०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा राउत गम्भीर घाइते भएका थिए । घाईते भएका राउतलाई उपचारको लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्