बारा–पर्सामा खानेपानी अभाव, सांसद श्रेष्ठद्वारा विशेष समिति गठनको माग


eShilalekh

२९ असार २०८२, आईतवार १८:२३

सिमराः बारा क्षेत्र नं. ४ का संघीय सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा–पर्सा क्षेत्रमा खानेपानी समस्याको समाधानका लागि संसदीय विशेष समिति गठनको माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले शुद्ध पिउने पानीको अभावमा हजारौँ नागरिक छटपटाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले बाराको परवानीपुर, प्रसौनी, विश्रामपुर, फेटा र पर्साको वीरगन्ज महानगरपालिकालगायत सयौँ गाउँमा खानेपानीको चरम अभाव रहेको बताए । बारामा दर्जनौँ खानेपानी आयोजना वर्षौंदेखि अलपत्र रहेको उल्लेख गर्दै ती आयोजना शीघ्र सम्पन्न गर्न सरकारलाई आग्रह गरे ।

सांसद श्रेष्ठले खानेपानीलाई सामान्य पूर्वाधार नभई जनताको स्वास्थ्य र जीवनसँग जोडिएको गम्भीर विषयको रूपमा उठाएका छन्। खानेपानीको अधिकार जनताको आधारभूत आवश्यकता भएकाले सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्