बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


eShilalekh

३० असार २०८२, सोमबार ११:१०

सिमराः निजगढ प्रहरीले आइतबार एक करोड ३२ लाख रुपैयाँ बिगो भएको बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १ सिंगौलका ४३ वर्षीय भरत चौलागाई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले चौलागाईलाई सिंगौलस्थित गाँउघरमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौलागाईलाई आइतवार नै सिमरा विमानस्थल हुँदै प्लेनमार्फत काठमाडौं पठाइएको र काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।

उनि विरुद्ध असार १८ गते बैकिङ्ग कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता चौलागाई लुकिछिपी बस्दै आएको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्