टिकटक लाइभमा अश्लील शब्द प्रयोग गर्ने युवती प्रहरीको नियन्त्रणमा

जनकपुरधामः धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक मार्फत अश्लील शब्द र गाली गलौज गर्ने युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका २४ की अन्दाजी २० वर्षीया रोशनी खातुन रहेकी छन् ।
सामाजिक सञ्जाल टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोपमा खातुनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेकी खातुनविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।