सर्लाहीमा बेपत्ता बालकको शव खाल्डोको पानीमा फेला


eShilalekh

३२ असार २०८२, बुधबार ११:५३

सर्लाहीः सर्लाहीमा सडक बनाउन खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका १ जानकीनगरका ६ वर्षीय सुशान्त यादव रहेका छन् ।

प्रहरीका अनुसार मङ्गलबार बिहान करिब १० बजेदेखि सम्पर्कविहीन रहेका यादवको खोजतलास भइरहेको थियो ।खोजतलासकै क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्वमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर शव फेला परेको हो ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्