नेकपा एमाले जीतपुरसिमराको सचिवालय बैठक सम्पन्न

सिमराः नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको सचिबालय बैठक शनिबार सम्पन्न भएको छ । डुमरवानास्थित मदनआश्रित स्मृति भवनमा बैठक सम्पन्न भएको हो ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलको आतिथ्यतामा सम्पन्न बैठकले तीन महिने वडा केन्द्रीत अभियानको समीक्षा गरेको छ । साथै पार्टी भित्र देखिएको अराजकताको अन्त्य गर्ने, स्थानीय कमिटीहरूको भेला बैठक र अधिवेशन गरि व्यवस्थित गर्नुका साथै जनसंगठनलाई समेत व्यवस्थित गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले पार्टीको नीति र नेतृत्वमा कुनै विवाद नरहेको स्पष्ट पारे । त्यस्ता कुनै समस्या भए विधान महाधिवेशनले टुङ्गो लगाएर जाने उहाँको भनाइ थियो ।
नगर कमिटीका अध्यक्ष त्रिलोक शाह ठकुरीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले प्रदेश सचिवालय कमिटी सदस्य सुन्दर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य किशोर शर्मा, कमलेश झा, सीता गुरुङ, सुभद्रा न्यौपाने, भावना आचार्य, क्षेत्र नम्बर ३ का संयोजक अनिल मैनाली, रमेश खरेल, गीता घले, जितपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी लगायतले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।
बैठकको सहजीकरण नगर सचिव रविन्द्र राज भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कैमुदिन अन्सारीले राखेका थिए ।