रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहटः रौतहटको गरुडामा शुक्रबार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् ।
मृत्यु हुनेमा माधवनारायण नगरपालिका २ खेसरहियाका ४० वर्षीय दिनानाथ साह रहेका छन् । । दुर्घटनामा घाईते भएका व्यक्ति गरुडा नगरपालिका ८ बसबिट्टी जिन्गडीयाका शम्भु प्रसाद रौनियार रहेको प्रहरीले जनाएको छ ।
गरुडाबाट चपुरतर्फ आउँदै गरेको बिआर३०यु ४४१४ नम्बरको भारतीय मोटरसाइकललाई ना ५ च १५८ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा मोटरसाईकल चालक साह र सँगै सवार रहेका रौनियार गम्भीर घाईते भएको प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
उपचारका क्रममा साहको बेटर नेपाल अस्पतालमा मृत्यु भएको छ भने रौनियारअनामिका अस्पतालमा उपचाररत छन् । उनको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ ।
दुर्घटनापछि पिकअप चालक फरार रहेकाले खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।