बारामा पाँच किलो लागूऔषध गाँजासहित भारतीय नागरिक पक्राउ


eShilalekh

४ श्रावण २०८२, आईतवार १९:३६

सिमराः बारा प्रहरीले आइतबार बिहान पाँच किलो लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लाको डुमरा निवासी २९ वर्षीय सावन शर्मा रहेका छन्।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर स्कुल नजिकैबाट शर्मालाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ टाउकोमा कालो झोला बोकी लुकीछिपी गइरहेका अवस्थामा देखिएपछि प्रहरीले उनलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा उनको झोलाबाट करिब पाँच किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पक्राउ परेका शर्मामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्