विमलेश हत्या प्रकरणमा एक युवती पक्राउ


eShilalekh

५ श्रावण २०८२, सोमबार १३:२६

जनकपुरधामः जिल्ला प्रहरी कार्यालय धनुषाले विमलेश यादवको हत्याको आरोपमा पक्राउ परेकी युवतीलाई सोमबार सार्वजनिक गरेको छ ।

महोत्तरीको बलवा नगरपालिका ७ बनौटाकी २४ वर्षीया जुली झालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विमलेशलाई शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोपमा झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार विमलेश र जुली होटलभित्र प्रवेश गरेका थिए । त्यसको करिब पाँच घण्टापछि विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेका थिए । त्यसपछि जुली तुरुन्तै तल ओर्लिएर भागेकी थिइन् । उक्त दृश्य सिसीटीभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतबार दिउँसो पक्राउ गरेको थियो ।

विमलेशको आइतबार बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्