रौतहटको झाझ खोलाबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

रौतहट: रौतहट गरुडास्थित झाझ खोला नजिकबाट प्रहरीले ब्रेजा कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ मंगलबार बिहान जाँदै गरेको ग३च ६७९६ नम्बरको कारबाट गरुडा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो।
उक्त नेपाली नम्बरको कार ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले जाँच गर्न रोक्न खोज्दा कार चालकले भगाएपछि प्रहरीले पछ्याएको थियो । प्रहरीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका ५ झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएका थिए ।
प्रहरीले क्रेनको सहाराले कारलाई निकालेको छ। उक्त कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीको भनाई छ । घटनाको थप विवरण आउन बाँकी छ ।