रौतहटमा एक पुरुषको शव फेला


eShilalekh

७ श्रावण २०८२, बुधबार १६:२५

रौतहटः रौतहटको चन्द्रपुर नगरपालिका ४ टेकान टोलमा बुधबार बिहान बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मृतकको नाम, थर र वतन हालसम्म नखुलेको र उनको शरीरमा कुनै पनि परिचय खुल्ने कागजात फेला नपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

शवको प्रारम्भिक अवस्था हेर्दा मृतक केही दिनदेखि त्यहाँ रहेको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्