प्रधानमन्त्री ओली भोलि बारा आउँदै


eShilalekh

८ श्रावण २०८२, बिहीबार १३:५८

सिमराः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बारा आउने भएका छन् । बारास्थित परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न प्रधानमन्त्री ओली बारा आउन लागेका हुन् ।

उद्घाटन समारोहमा नेकपा एमालेका अगुवा, नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थितिका लागि नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगन्ज महानगरका इन्चार्ज बिचारी यादवले जानकारी दिए ।

यसैबिच ठोरी गाउँपालिकाको लागि साउन ९ गते तय गरिएको प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्