धनुषामा सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु


eShilalekh

८ श्रावण २०८२, बिहीबार १४:३२

धनुषाः धनुषाको सबैला नगरपालिकामा बेपत्ता भएका बालक बिहिबार बिहान पोखरीमा मृत फेला परेका छन् ।

सबैला नगरपालिका १० खरियानीका सात वर्षीय सचिन कापर मृत फेला परेका हुन् । उनी बुधबार बिहान करिब ११ बजे घरबाट खेल्न निस्केका थिए ।

बिहीबार बिहान करिब १० बजेतिर बालकको शव घर नजिकैको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर बालकको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्