सप्तरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु


eShilalekh

८ श्रावण २०८२, बिहीबार १४:४३

सप्तरीः सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुरमा बिहिवार सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० वर्षीया सङ्गीता राई रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार हाल तराई क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण विषालु सर्पको गतिविधि तीव्र भएको छ। यस्तो अवस्थामा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्