अमलेखगञ्जमा अवैध सुनका गहनासहित एक युवक पक्राउ

सिमरा: प्रहरीले बाराको अमलेखगञ्जबाट अवैध सुनको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गाउँपालिका ७ का २६ वर्षीय गोपिलाल विश्वकर्मा रहेका छन् ।
हेटौंडाबाट ना२२प ३८३४ नम्बरको मोटरसाइकल चलाएर निजगढतर्फ जाँदै गरेका विश्वकर्माको साथबाट प्रहरीले १०८.८ लाल तौलको सुनका गहना बरामद गरेको हो । सवारी जाँचका क्रममा विश्वकर्माले बोकेको झोलाबाट उक्त गहना बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत अमलेखगञ्ज प्रहरी चौकीको टोलीले विश्वकर्मालाइ सुनका गहनासहित नियन्त्रणमा लिएको हो । उक्त गहना अवैध नरहेको पुष्टि गर्ने बिल तथा अन्य कागजात फेला नपरेपछी विश्वकर्मालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिएका छन् ।
लुकाई छिपाई सुनको तयारी गहना ओसारपसार भएको पाइएपछी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।