मन्दिर निर्माणका लागि सिमरामा शिव महापुराण ज्ञान महायज्ञ हुने

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्तीस्थित पञ्चेश्वर शिवालय मन्दिरको पूर्वाधार निर्माणार्थ शिवपुराण ज्ञान महायज्ञ हुने भएको छ । शिवालय परिवारको आयोजनामा २०८२ साउन २९ गतेदेखि भदौ १ गतेसम्म ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।
ज्ञान महायज्ञमा युवा पण्डित नवराज अधिकारीले शिव महापुराण वाचन गर्नेछन् । पञ्चेश्वर शिवालय मन्दिरको भौतिक संरचना निर्माणका लागि सहयोग जुटाउने तथा धार्मिक जागरण फैलाउने रहेको महायज्ञको आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
महायज्ञको प्रारम्भमा साउन १९ गते बिहान कलश यात्रा निकालिने बताइएको छ । उक्त कलश यात्रामा सहभागी हुन आयोजकले सर्वसाधारणलाई अपिल गरेको छ ।