जनकपुरमा धारिलो हतियारको प्रहारबाट एक बालिकाको मृत्यु, दुई घाइते

जनकपुरधामः जनकपुरधाम उपमहानगरपालिका ४ मा धारिलो हतियारको प्रहारबाट सोमबार राती एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बटेश्वर गाउँपालिका ५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको रहेकी छन् । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएकी हुन् ।
प्रहरीका अनुसार क्षीरेश्वरनाथ नगरपालिका ९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले तिनै जनामाथि खुकुरी प्रहार गरेका थिए ।
आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।