पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


eShilalekh

१४ श्रावण २०८२, बुधबार १८:०३

सिमराः मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) लाई जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ। काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो।

जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले दिएको आदेशअनुसार अहिराजमाथि अब थुनामै राखेर मुद्दाको कारबाही अघि बढाइनेछ। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका झालाई प्रारम्भिक सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिए ।

पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध काठमाडौंको नयाँ बानेश्वरकी २३ वर्षीया एक युवतीले जबर्जस्ती करणीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले उनलाई साउन ४ गते पक्राउ गरेको थियो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्