सर्लाहीको भरत तालमा एक महिलाको शव फेला


eShilalekh

१४ श्रावण २०८२, बुधबार २०:२७

सिमराः सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत तालमा बुधबार मध्याह्न एक महिलाको शव डुबिरहेको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहका अनुसार तालमा शव देखेपछि स्थानीयवासीहरूले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ हरिवनस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

हालसम्म शवको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। मृत्युको कारण र घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्