भरत तालमा मृत फेला परेकी युवतीको पहिचान खुल्यो


eShilalekh

१५ श्रावण २०८२, बिहीबार २१:५३

सर्लाही: सर्लाहीको बागमतीस्थित भरत तालमा बुधबार मृत फेला परेकी युवतीको पहिचान खुलेको छ। मृतक बलरा नगरपालिका ४ बलरागोठकी २० वर्षीया विकुकुमारी सहनी रहेकी छिन् ।

ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार मृतक सहनीको अभिभावकले शवको पहिचान गरेका हुन् ।

सहनीको शव तालमा डुबिरहेको अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमपछि मृतकका परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । सहनी बुधबार बिहान घरबाट निस्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्