दलितलाई समेटदै औराहमा गठन भयो पशुपतिनाथ महादेव मन्दिर संरक्षण समिति

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहस्थित पशुपतिनाथ महादेव मन्दिरको शनिबार संरक्षण समिति गठन भएको छ । समितिको सातौं अधिवेशनले भूवप्रसाद ढकालको अध्यक्षतामा संरक्षण समिति चयन गरेको हो ।
दलित समुदायलाई समेट्दै स्थानीयले यसपटक मन्दिर संरक्षण समिति गठन गरेका हुन् । गठित समितिको उपाध्यक्षमा मायादेवी पाठक, सचिवमा नविन खड्का, सहसचिवमा प्रेमकुमारी ढकाल, कोषाध्यक्षमा रोहिता अधिकारी रहेका छन् ।
यसैगरी सदस्यमा पार्वती परियार, बासुदेव खत्री, सम्झना बञ्जारा, कल्पना शाह, अनिता ढकाल र नानु ढकाललाई सदस्यमा चयन गरिएको छ ।
मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाधर ढकालको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्री (ईश्वर) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाह, जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य अर्जुन रसाईली, औराह उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, प्रगतीशील सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष दाहाल, निर्वाचन समिति संयोजक रमेश खरेल, सदस्य डम्बर खड्का, कुमारनाथ त्रिपाठी, स्थानीय भागवत चौधरीलगायतको उपस्थिती रहेको थियो ।