पर्सा प्रहरीद्वारा लागूऔषध गाँजासहित एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ एकटंगाका ३४ वर्षीय जगमोहन यादव रहेका छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका ४ स्थित करबोलाबाट प्रहरीले आठ किलो चार सय ४० ग्राम गाँजासहित यादवलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले भारततर्फ गइरहेको बीआर०५एजी ६८०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी र यादवको शरीरमा बाँधिएको अवस्थामा गाँजा फेला परेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
हाल पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।