सप्तरीमा खैरो हेरोइनसहित दुईजना पक्राउ

सप्तरीः सप्तरीमा आइतबार बिहान प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका १ बडिविरपुर का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले दुई राउण्ड हवाई फायर गर्दै लागुऔषध खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।
प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न प्रयास गरेका थिए । सोही क्रममा हवाई फायर गरेर नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।
उनिहरुको साथबाट करिब दुई सय ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।