पर्सामा श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

सिमराः पर्सा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका ५ शंकरसरैया मुसहर टोलका ३२ वर्षीय जितेन्द्र माझी मुसहर रहेका छन् ।
आफ्नी २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्याको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शनिबार साँझ विवाद भएपछि माझीले श्रीमतीलाई कुटपिट गरेका थिए । कुटपिट गर्दा घटनास्थलमै अस्पतलियाको मृत्यु भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिए ।
घटनाको खबर प्राप्त भएलगतै अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट प्रहरी सहायक निरिक्षक विकाउ साहको नेतृत्वमा खटिएको प्रहरी टोलिले माझीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका माझीलाई कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।