पर्सामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दावासीनी गाउँपालिका ५ प्रसौनीका साहेब खाँ रहेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिकाको इनर्वागाउँबाट खाँलाई हतियारसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार कटुवा पेस्तोल बोकेर हिँडिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
उनीमाथि हातहतियारसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।