रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु


eShilalekh

१९ श्रावण २०८२, सोमबार १५:३६

रौतहटः रौतहटमा आइतबार राती करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका ८ मन्सरी टोलका ५५ वर्षीय शेख जाफिर रहेका छन् ।

आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दीपक कुमार रायका अनुसार आइतबार राति खेतमा सिँचाइका लागि जडान गरिएको मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर उनि गम्भीर घाइते भएका थिए ।

घाईते भएका जाफिरलाई तत्कालै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता रायले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि हाल गौर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्