जीतपुरसिमराको रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना घाईते, अवस्था गम्भीर

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगरमा सोमबार भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जीतपुरसिमरा १७ रामनगरका ५५ वर्षीय कृष्णबहादुर राउत रहेका छन् ।
रामनगरबाट सहजनाथ मन्दिरतर्फ जाँदै गरेको बिआर-०६ सिसी ९९४५ नम्बरको मोटरसाइकलले राउत सवार साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । राउतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राउतको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ।
दुर्घटनामा मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका १ खजानीका ३० वर्षीय नितेश जैसवाल र मोटरसाइकलमा सवार युवती सामान्य घाइते भएका छन्। प्रहरीले मोटरसाइकल चालक जैसवाललाई नियन्त्रणमा राखेको छ ।