करैयामाई गाउँपालिकामा बिहिबार शोक बिदा

सिमराः बाराको करैयामाई गाउँपालिकाले बिहिबार शोक बिदा दिने निर्णय गरेको छ ।
वडा नं १ हरैया कार्यालयका वडा सदस्य मंजुर आलमको निधनमा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै वडा सदस्य आलमको निधनको शोकमा गाउँपालिकाले कार्यालय, मातहतका सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा बिदा हुने जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले मृतक वडा सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
