पोखरीमा डुबेर एक बालकको मृत्यु

सिमराः बाराको कलैयामा बुधबार एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका ३ गंगापुरका ७ वर्षिय संजित साह रहेका छन् ।
घर नजिकै रहेको छठघाट स्थित पोखरीमा गम्भीर घाइते भएको अवस्थामा साहलाई स्थानीयहरुले देखेका थिए ।
प्रहरीका अनुसार स्थानियहरुले उनलाई थप उपचारका लागि कलैया स्थित आशिर्वाद हस्पिटलमा लगेका थिए । हस्पिटलमा लग्ने क्रममा बाटोमै साहको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।