सर्लाहीको मिर्चैयामा सवारी दुर्घटनामा युवकको मृत्यु


eShilalekh

२१ श्रावण २०८२, बुधबार १७:५९

सर्लाही: सर्लाहीको हरिपूर्वा नगरपालिका ९ मिर्चैयामा टायरगाडासंग मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएको छ।

ज ५ प २२०८ नम्बरको मोटरसाइकल टायरगाडामा ठोक्किँदा हरिपूर्वा नगरपालिका ९ निवासी २१ वर्षीय अशोक यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। घटना बाँके–संग्रामपुर सडक खण्डअन्तर्गत मिर्चैया चोक नजिकै भएको हो ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले मिर्चैया चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले दोषी गाडी चालकलाई कारबाही गर्न र सडक सुरक्षामा ध्यान दिन माग गरेका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्