जीतपुरसिमरा ७ का पूर्ववडाध्यक्ष गुप्तालाई पितृशोक

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबाबु गुप्तालाई पितृशोक परेको छ । गुप्ताका बुवा वैधनाथप्रसाद कलवारको निधन भएको हो ।
कलवार केही समयदेखि अस्वस्थ थिए । उनि जीतपुरका संस्थापक सफल व्यवसायी हुन् । व्यवसायिक पृष्ठभूमिका कलवारको निधनप्रति स्थानीयले दुःख व्यक्त गरेका छन् ।
कलवारका तीन छोरामध्येका एक रामबाबु जीतपुरसिमरा उपमहानगरपालिका ७ का पूर्ववडाध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।