छातापिपरास्थित नारायणी स्पाकमा फलामले लागेर क्रेन अपरेटरको मृत्यु


eShilalekh

२२ श्रावण २०८२, बिहीबार ०७:३४

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ स्थित नारायणी स्पाक प्रालिमा बुधबार राति काम गर्ने क्रममा फलामले लागेर एक क्रेन अपरेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादव रहेका छन् ।

क्रेन अपरेटरको रुपमा कार्यरत यादवलाई फलाम उठाउने क्रममा लागेको थियो । फलामको झट्का टाउकोमा लाग्दा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पताल ज्यान गएको हो ।

घाइते भएलगत्तै यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । यादवको उपचारका क्रममा राति करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव नारायणी अस्पतालमा राखिएको छ ।

घटना भएलगत्तै ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी र ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक जे.जंग कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्