बाराका विभिन्न स्थानबाट लाखौं मूल्य बराबरको अवैध सामान बरामद


eShilalekh

२२ श्रावण २०८२, बिहीबार १४:०४

सिमराः सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट करिब पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी जितपुर बेसको टोलिले वीरगन्ज–पथलैया सडकखण्डको लल्कापुलबाट एक लाख ३० हजार रुपैयाँ बराबरको महिलासम्बन्धी सामग्री बरामद गरेको छ ।

यसैगरी सुरक्षा बेस कलैयाले ६७ हजार पाँच सय रुपैयाँ बराबरको किराना सामान बरामद गरेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिए ।

सशस्त्र प्रहरी बल बिओपी सनफलुवाको टोलीले सुवर्ण गाउँपालिका ७ स्थित चौराहा सीमाक्षेत्रबाट करिब एक लाख ८३ हजार ३८० रुपैयाँ मूल्य बराबरको किराना सामग्री र महिलासम्बन्धी सामग्री बरामद गरेको हो ।

यस्तै बिओपी गोलागञ्जको टोलीले सिम्रौनगढ नगरपालिका ९ पिठुवाघाट सीमाक्षेत्रबाट एक लाख १९ हजार तिन सय रुपैयाँ बराबरको महिलासम्बन्धी सामग्री बरामद गरेको छ ।

बरामद गरिएका सामानहरू आवश्यक कानूनी प्रक्रियाका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्