जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ


eShilalekh

२३ श्रावण २०८२, शुक्रबार १२:११

वीरगन्जः बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका २ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन् ।

साहले साउन २१ गते बिहान ठोरीस्थित जंगलमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । बाख्रा चराउन गएकी बालिकालाई एक्लै पारेर १० रुपैयाँको नोट दिई फकाउँदै जबरजस्ती करणी गरेको जाहेरी परेपछि साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

पीडितको जाहेरीका आधारमा पक्राउ परेका साहमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्धा चलाई अनुसन्धान थालिएको प्रवक्ता लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्