पर्साको ठोरीमा पाटेबाघ मृत फेला

वीरगन्जः पर्साको ठोरीमा आइतबार बिहान एउटा पाटेबाघ मृत भेटिएको छ । ठोरी गाउँपालिका ४ मालीबस्ती नजिक बाघ मृत फेला परेको हो ।
बाघको शरीरमा चोट देखिएपनि मृत्युको कारण खुल्न सकेको छैन । स्थानीय बाघ मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जको टोलीले मृत बाघको शव परीक्षणका लागि लगेको छ ।