कलैयाबाट २८ थान सिलाई मेसिन बरामद


eShilalekh

२५ श्रावण २०८२, आईतवार २१:२९


कलैया: बाराको कलैया उपमहानगरपालिका ५ दरबारटोलस्थित एक घरबाट प्रहरीले तीन लाख ६४ हजार रुपैयाँ बराबरका २८ थान नयाँ सिलाई मेसिन बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट बसपार्क कलैयाबाट प्रहरी नायब निरीक्षक मेघराज प्रसाद साहको कमाण्डमा खटिएको संयुक्त टोलीले सूचनाका आधारमा छापा मारेको थियो।

प्रहरीका अनुसार सिलाई मेसिन विभिन्न कम्पनीका नयाँ भए पनि बिल–भरपाई नभएको अवस्थामा पाइएको हो। उक्त मेसिन ५० वर्षीय नैमुदिन अंसारीको तीन तले पक्की घरको भुइँतलामा रहेको सटरभित्र लुकाइएको अवस्थामा फेला पारिएको थियो।

प्रहरीले सिलाई मेसिनसहित कलैया उपमहानगरपालिका १६ बस्ने ३० वर्षीय कलिम अंसारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्